हेटौंडा । मकवानपुरको हेटौंडामा चक्कु प्रहार गरि तीनजना घाईते बनाउने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा-११ शान्तिटोलमा भएको घटनामा संलग्न रहेको ३० वर्षका अमित कोइरालालाई प्रहरीले चक्कु सहित नियन्त्रणमा लिएको छ ।
मदिरा सेवन गरि उनले अन्नधुन्न चक्कु प्रहार गर्दा आफ्नै आमा शान्ती कोइराला, छिमेकीहरु सविना पौडेल, कृष्ण पौडेल र हरि बिडारी घाईते भएको प्रहरीको भनाई छ । घाइते तीनजनाको हेटौंडा अस्पताल उपचार भैरहेको र आमाको सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्