हेटौंडा । मकवानपुरको मनहरीमा बाघले सातवटा बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नम्बर-५ बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरको सातवटा बाख्रा बाघले मारिदिएको हो ।
सातवटा बाख्रा मारेर बाघले एउटा बाख्रा भने जङ्गलतिर लागेको स्थानीयहरुले जनाएका छ्न । आइतबार साझ सोही गाउँमा बाघको आक्रमणमा परि स्थानिय ७२ बर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको छ ।
आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिनको लागि अहिले त्यस क्षेत्रमा दुईवटा हात्ती सहित सुरक्षाकर्मीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।