हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा ११औँ सडक खाना महोत्सव शनिबार सुरु भएको छ ।
मकवानपुर होटल एसोसिएसनको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा आयोजित महोत्सवको उद्घाटन हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता मकवानपुर होटल एसोसिएसनका अध्यक्ष दिलीश गोविन्द जोशीले गरेका थिए ।
महोत्सवमा ५१ वटा स्टलहरू राखिएका छन् । स्वादका पारखीहरूलाई मौलिक खानाको स्वाद चखाउने र होटल व्यवसायीको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सव मंगलबारसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा खाना परिकारका स्टलहरूका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरूका स्टल पनि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्