
हेटौँडा, सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हॅुदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् ।
रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा शुक्रबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक पाल्पाको रैनादेवी गाउँपालिका-१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।
प्रतिक्रिया दिनुहोस्