
हेटौँडा । सातजना सचिव रिक्त रहेको बागमती प्रदेशमा संघिय सरकारले तीनजना सचिव खटाएको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संघबाट रिक्त सात मध्य तीन सचिवहरु बागमती प्रदेशमा आएको बताए । उनका अनुसार डा. सुमित्रा गौतम, रिपेशकुमार शाक्य र वीरेन्द्रदेव भारती सचिवका रूपमा वाग्मती प्रदेशमा आएका छन् ।
हेटौँडा आएका मध्य डाक्टर गौतमलाई स्वास्थ्य मन्त्रालयको सचिवमा मन्त्रिपरिषदले जिम्मा दिएको छ भने अन्य दुईजनाको हकमा आजभोलीमानै निर्णयमा पुग्ने बताईएको छ । १४ वटा मन्त्रालय रहेको बगमती प्रदेशमा सातजना सचिव रिक्त हुँदा सरकारको दैनिक कामकारबाहीमा समेत ठुलो प्रभाव परेको थियो । संघिय सरकारले समयमानै सचिवहरुको व्यवस्थापन नगरेको भन्दै प्रदेश सरकारले पटक–पटक सरकारको ताकेता समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्