हेटौंडा । मकवानपुर प्रहरीले लागू औषध खैरो हिरोइन सहित सातजनालाई पक्राउ गरेको छ ।
प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट सात ब्यक्तीलाई पक्राउ गरेको हो । प्रहरीले ४ ग्राम खैरो हेरोइनसहित हेटौँडा–२, पुरानो मकवानपुररोडस्थित शिशिर राजथलाको घरबाट ३१ वर्षीय शिशिर राजथला, ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदिप भुर्तेल, हेटौँडा–४ का ३० वर्षीय असिम कुमार बर्तौला र हेटौँडा–१ का ३० वर्षीय ओम साहलाई पक्राउ गरिएको जनाएको छ ।
यस्तै हेटौँडा–१७, हटिया दाबिलेबाट २ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित विदन कुमार भुजेल र बारा जिल्लाको विश्रामपुर गाउँपालिका–८, नकाटुवा टोलका २१ वर्षीय शेख आजादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्