
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ मा रहेको ऐतिहाँसिक चुरियामाई सुरुङमार्ग आजबाट सर्वसाधरणको लागि अबलोकनको लागि खुल्ला हुने भएको छ ।
बागमती प्रदेश सरकारले जिर्णोद्धारको काम सकेपछि आज हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको सुरुङमार्ग अवलोकनको लागि सर्बसारणले शुल्क तिर्नुपर्ने व्यवस्था हेटौँडा उपमहानगरपालिकाले गरेको छ ।
सुरुङमार्गको अवलोकनको लागि हेटौँडा उपमहानगरपालिकाले पर्यटककोलागि शुल्क निर्धारण गरेको छ । सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, विद्यार्थीलाई २० रुपैयाँ र ५ वर्षमुनिका बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
१०६ वर्ष लामो इतिहाँस बोकेको सुरुङमार्गलाई मकवानपुरको पर्यटकीय गन्तब्य बनाउने हिसाबले प्रदेश सरकारले पुननिर्माणको काम गरेको हो । दक्षिण यसियाकै पहिलो सरुङमार्गको रुपमा उल्लेख गरिएको सुरुङमार्ग ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा पुर्ननिर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्