हेटौंडा । समाजसेवाको काम गर्दै आएको सहयोगी मन नेपाल, हेटौंडाले हेटौंडामा खाध्यन्न वितरण गरेको छ ।

हेटौंडा-१४ मा रहेको अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रलाई सहयोगी मनले आवश्यक सामग्री वितरण गरेको हो । सहयोगी मनले केन्द्र पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको सहयोगी मनका केदारप्रसाद चौलागाईंले बताए ।

सहयोगी मन मार्फत अभिष्यक विकले आफ्नो माताको स्मृतिमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहयोगी मनका अध्यक्ष समेत रहेका चौलागाईं, सल्लाहकार शिव खनाल र रामबहादुर विक मार्फत केन्द्रका रामहरी कोइरालालाई सामग्री हस्तान्तरण गरिएको हो ।