हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित माछाप्लानको सडकमा टेलर-मोटरसाइकल र स्कुटर ठोक्किदा दुर्घटना भएको छ ।

दुर्घटनामा मोटरसाइकल र स्कुटरमा सवार ५ जना घाइते भएको र घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा बजार क्षेत्रबाट चौघडातर्फ जाँदै गरेको बा.प्र ०३-००५ प ५१६९ नम्बरको स्कुटर र चौघडातर्फबाट हेटौंडा आउँदै गरेको प्र.३-०२-००८ प २६२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर चौघडाबाट हेटौंडा बजार आउँदै गरेको ना ७ ख ४२९५  नम्बरको ट्रेलरको बम्परमुनी छिर्दा पाँच घाईते भएका हुन ।

घाइतेमध्ये स्कुटर चालक हेटौंडा-१७ हटियाका ३४ वर्षका रोहित तामाङ गम्भीर घाइते भइ भरतपुर रिफर गरिएको छ । स्कुटरमा पछाडी सबार तामाङकी श्रीमती रमिला र छोरा रोजन सामान्य घाईते भएको प्रहरीको भनाई छ । मोटरसाइकल चालक हेटौंडा-३ का गोपी तामाङ र सोही मोटरसाइकलमा सबार हेटौंडा-१९ नेवारपानीका विष्णु प्रजा पनि घाईते भएको प्रहरीको भनाई छ ।