काठमाडौं । बिहीबार स्थगित मन्त्रिपरिषद‍् बैठक आज बस्ने भएको छ । हिजो स्थगित बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

मन्त्रिपरिषद् बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।