काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।
उनले सोसल मिडियाको स्टन्ट र प्रपोगाण्डाबाट उदाएकाहरू त्यसकै दुरूपयोगबाट विस्थापित हुने बाटोमा रहेका बताएका हुन् ।
रवि लामिछानेको हिरासतको तस्वीर भन्दै एक तस्वीर सार्वजनिक भएपछि महासचिव पोखरेलले टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन, सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगवाट विस्थापित हुने वाटोमा अग्रसर देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्