हेटौंडा । दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हेटौंडामा हुने भएको छ । हेटौंडाको क्याम्पा- पिप्ले रंगशालामा हुने प्रतियोगितामा बागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउनेछन्।
बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले लिगको टाईसिट सार्वजनिक गरेको छ ।
लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताए ।
प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दिपक लामाले ट्राइसिट सार्वजनिक गरेका थिए । गत वर्षको पहिलो संकरणको विजेता जिल्ला धादिङ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्