हेटौंडा । नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिकाको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

हेटौंडास्थित जिल्ला पार्टी कार्यालयमा मतदान सुरु भएको हो । अध्यक्षका लागि बोलबहादुर कार्की र जेन श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, उपाध्यक्षका लागि इन्द्रप्रसाद खतिवडा, धनबहादुर मुक्तान र राजकुमार बास्तोलाको उम्मेदवार छ भने सचिवका लागि प्रकाश बानियाँ र शान्ता गौतम ‘प्रदिप’ चुनावी प्रतिस्पर्धामा रहेका छन् । उपसचिव खुलामा अर्जुनप्रसाद अर्याल, कवि रेग्मी, सुरेश मिजार, शान्तेकुमार लामा तामाङ र शिवबहादुर थापाको उम्मेदवार रहँदा महिला उपसचिवका लागि चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालको उम्मेदवारी छ ।

३ सय ३४ प्रतिनिधि रहेको निर्वाचनले ८१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी निर्माण गर्ने बताइएको छ ।