हेटौंडा । नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा दुई जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

चार जना अध्यक्षको लागि उम्मेदवारी परेकोमा इन्द्र नेपाल र नवराज खतिवडाले उम्मेदवारी फिर्ता लिएसँगै अब बोलबहादुर कार्की र जेन श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

३ सय ३४ प्रतिनिधि रहेको निर्वाचनले ८१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी निर्माण गर्ने प्रमुख निर्वाचन अधिकृत अर्जुन अर्यालले बताए ।

हेर्नुहोस पदाधिकारीमा को-को छन् उम्मेदवार-

अध्यक्ष

१) बोल बहादुर कार्की
२) जनरल श्रेष्ठ `जेन´

उपाध्यक्ष

१) इन्द्रप्रसाद खतिवडा
२) धनबहादुर मुक्तान
३) राजकुमार बास्तोला

सचिव

१) प्रकाश बानियाँ
२) शान्ता गौतम “प्रदिप”

उपसचिव (खुल्ला)

१) अर्जुनप्रसाद अर्याल
२) कवि रेग्मी
३) सुरेश मिजार “बेरोजगार”
४) शान्तेकुमार लामा तामाङ
५) शिवबहादुर थापा

उपसचिव महिला

१) चन्द्रावती पनेरु अधिकारी
२) जुना दंगाल
३) रञ्जिता सिलवाल