धादिङ । पृथ्वी राजमार्गस्थित बेनीघाट रोराङ गाउँपालिका-७ को कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ ।
एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बोकेको भारतीय गाडीको पछाडिको भाग त्रिशूली नदीमा खसेको हो । ग्यास बुलेट बगाएर करिब २ सय मिटर तल पुगेको छ ।
बुलेट चालकको अवस्था अज्ञात रहेको र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्