सांकेतिक तस्बिर

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–५ सिंचाइटोलमा सौचालयमा लडेर एक जनाको मृत्यु भएको छ ।

सिंचाइटोलमा डेरा गरी बस्ने जिल्ला महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटी घर भएको रामजी मण्डलको छोरी ५ वर्षकी सिरिशा कुमारी मण्डल ट्वाईलेट जाने क्रममा ट्वाईलेटमा लडी टाउकोमा भित्री भागमा चोट लागी मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनी गम्भिर घाईते भई उपचारको लागी गएराती हेटौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।