हेटौंडा । निर्माणाधीन तराई-काठमाडौ द्रुतमार्ग (फास्ट ट्रयाक)मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका वडा नम्बर-५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा टिपर चालकको ज्यान गएको हो ।

हात्तीसुँडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लोड लिई जादै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट करिब २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा टिपर चालक चितवनका सानु लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।