हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्