काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चारदिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका ओली हिमालयन एयरलाइन्सबाट आज काठमाडौं आइपुगेका हुन् ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्ध, द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेइजिङ गएका थिए ।
प्रतिक्रिया दिनुहोस्