हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-३ स्थित वनमा मानव कंकाल भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार गुफादेवि सामुदायिक वनमा मानव कंकाल भेटिएको हो ।
कंकाल राक्सिराङ–३ लावती बस्ने माइला प्रजाको छोरा वर्ष २५ को गोविन्द प्रजा रहेको प्रहरीको अनुमान छ ।
उनी गत फागुन ९ गतेदेखि बेपत्ता थिए । कंकालमा रहेको कपडाको आधारमा आफन्तले पहिचान गरेको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी कंकाललाई हेटौंडा अस्पताल ल्याइएको छ । उक्त कंकाल को कसको हो ? भन्ने कुरा डिएनए परिक्षण पश्चात मात्र एकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घटनाको बारेमा अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्