file photo

हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक बन्द भएको छ ।

फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रेको काम भइरहेकोले सडक बन्द भएको हो ।

दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य भइरहेकोले आजबाट सवारीसाधन आवतजावतमा रोक लगाएको जानकारी दिएको हो ।

अर्को सूचना नभएसम्मका लागि सडक बन्द हुने सूचनामा उल्लेख छ ।

अर्को सूचना जारी नभएसम्मको लागि सडक भएर गुड्ने सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गर्न सूचना मार्फत आग्रह गरिएको छ ।