हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बसपार्कको पारिजात पार्क भित्र निर्माण हुने पारिजात घण्टाघरको शिलान्यास भएको छ । हेटौँडा बसपार्क क्षेत्रलाई थप ब्यवस्थित र आकर्षक बनाउनको लागि निर्माण हुन लागेको घण्टाघरको आज हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले शिलान्यास गरेकी हुन् ।

१ करोड ५ लाख लागतमा निर्माण हुने घण्टाघर ५२ फिट लामो हुने हेटौँडा उपमहानगरपालिका वडा नंबर १० का वडाध्यक्ष फूर्वादोर्जे लामाले बताए । निर्माण हुने घण्टाघरले बसपार्कको सौन्दर्यलाई थप बढवा दिने उनको भनाई रहेको छ । घण्टाघरको निर्माण आगामी वर्षसम्ममा सक्ने योजना रहेको वडाध्यक्ष लामाको भनाई रहेको छ ।