हेटौंडा । मकवानपुरको हेटौंडामा सम्पन्न पाँचौ जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी शारदा मावि, मकवानपुरगढी–५ ले जितेको छ ।
हेटौंडाको हुप्राचौरमा सम्पन्न फाइनल खेलमा छिमेकी विद्यालय भानु मावी गढी– ३ लाई पराजित गर्दै शारदाले उपाधि जितेको हो ।
खेलमा शारदले २५–११, १९–२५ र १५–५ को सेटमा पराजित गर्दै नगद २५ हजारसहित उपाधीमा कब्जा जमाएको हो । उपविजेता भानुले नगद १५ हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको विजेता तथा उपविजेतालाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले पुरस्कार वितरण गरेका थिए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजना, शैक्षिक गुणस्तर सुधार समितीको ब्यवस्थापन र आधुनिक माविको सह–व्यवस्थापनमा प्रतियोगिताको आयोजना भएको हो ।
प्रतियोगितामा बेस्ट स्पाईकर भानु माविका सुमन थिङ, बेस्ट सेटर शारदाका रामचन्द्र छत्कुली तथा सर्वोत्कृष्ट खेलाडी शारदाका आशिष घलान भए । उनिहरुले जनही नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले शिक्षकहरुकोबिचमा हुने यस्ताखाले प्रतियोगिताले शिक्षकहरुको आपसी सम्वन्धमा थप मद्त पुग्ने बताए । शिक्षहरु पनि शारिरिक रुपमा तन्दरुस्त रहनको लागि खेलकुदको गतिविधिमा सहभागिता जनाईराख्न यस्ता प्रतियोगिता फाईदाजनक हुने उनको भनाई रहेको छ । कार्यक्रममा वडा नंबर ४ का वडाध्यक्ष नविन सिग्देल, शैक्षिक सुधार समितिका संयोजक श्रीराम दाहाल, प्रतियोगिता संयोजक राजाराम पोखरेल, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यम सिलवाल लगाएतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्