हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका अध्यक्ष गणेशप्रसाद भेटवालको निधन भएको छ ।

हेटौंडा-५ निवासी भेटवाल पेटसम्बन्धी रोगबाट ग्रसित थिए । उनको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको आज हेटौंडा-१९ स्थित राप्ती खोलामा दाहसंस्कार गरिने जनाइएको छ ।