काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् ।

गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर होहल्ला गरेको आरोपमा उनीसहित ६ जना पक्राउ परेका थिए । काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र बहादुर खत्रीका अनुसार उनीहरुलाई परिवार बोलाएर जिम्मा लगाइएको हो ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।