काठमाडौं । गायक राजेशपायल राई पक्राउ परेका छन् ।

मदिरा पिएर होहल्ला गरेपछि राईसहित तीन जना कलाकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गए राति २ बजे काठमाडौंको मदन भण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

गायक राई सहितको समूहले मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।