हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना जनप्रतिनिधिको निधनमा एक दिन शोक विदा दिने निर्णय गरेको छ ।

बकैया-७ का वडा सदस्य रामकुमार तितुङको असहमाहिक निधनमा गाउँपालिकाले भोलि बिहीबार एक दिन शोक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा बिहीबार शोक विदा दिइएको उल्लेख छ ।

बकैयामा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको निधन