काठमाडौं । त्रिकोणात्मक टि-२०आई सिरिज अन्तर्गत नेदरल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्याण्डले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।

नेदरल्याण्डका लागि माइकल लेभिटले ३ छक्का र ५ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए ।

त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४९ रन र  तेजा निदामानुरुले ३१ रन, स्कट एडवार्ड्सले ३३ रन,म्याक्स ओ डाउडले ५ रनको योगदान गरे । निदामानुरु र एडवार्ड्स रन आउट भएका हुन् ।

नेपालका लागि करण केसी र कुशल मल्लले १/१ विकेट लिएका हुन् ।

नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ ।