काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि सुरु भएको छ ।

सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । यस खेलमा नामिबियाले टस जितेको छ । नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर पहिला ब्याटिंङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।

आजको खेलमा नेपालले अनिल शाह र ललित राजवंशीलाई बाहिर राखेको छ भने अविनास बोहोरा र विवेक यादवलाई टिममा समावेश गरेको छ ।