

हेटौंडा । मकवानपुर जिल्ला अदालतको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन भएको छ । हेटौंडा उपमहानगरपलिका वडा नम्बर-२ मा नवनिर्मित भवनको उद्घाटन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् ।
सुविधासम्पन्न पाँच तल्ले भवनमा भुमिगत पार्किङ सहित अपाङ्गमैत्री सुविधा रहेको छ । भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुई वटा लिफ्टको व्यवस्थापन गरिएको छ ।
नवसिर्जनशिल/स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मूल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्