

हेटौँडा । पछिल्लो समय नेकपा एमालेमा टिके प्रथाले प्रोत्साहन पाउँदै गएको उदाहरण मकवानपुरमा पनि देखा परेको छ । बहुमत प्रतिनिधिहरुले लोकतान्त्रिक प्रक्रियाको सबैभन्दा उत्तम विकल्पको पमश्रपमा रहेको निर्वाचन माग गर्दा नेताहरुले आफ्नाहरुलाई टिका लगाईदिएर कमिटि गठन गर्ने क्रमलाई रोक्नुको साटो थप प्रोत्साहन गर्ने गरेका छन् ।
त्यसैको उदहारणको रुपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरको २८ औं अधिवेशन लिन सकिने भएको छ ।
एउटा विद्यार्थी नेता जो अध्यक्षको आकंक्षीको रुपमा रहेका छन्, उनै नेता अधिवेशन स्थलमानै बिरामी भएर अस्पताल भर्ना हुँदा समेत सामन्य मानवियता समेत नदेखाएर टिके प्रथालाई प्रोत्साहन गर्दै कमिटि गठन गरेर हिडनु अखिलको मूल्य मान्यता विपरितको काम भएको अनेरास्ववियु मकवानपुरका नेताहरुले बताएका छन् । केहि नेताहरुले सामजिक सञ्जालमा आफ्ना भनाई ब्यक्त गर्दै अखिल मकवानपुरलाई सक्ने षड्यन्त्र स्वरुप यस्ताखाले गतिविधी भएको उल्लेख गरेका छन् ।
अधिकांश प्रतिनिधिहरुले अध्यक्ष मण्डल सहित एमालेका केन्द्रीय नेतृत्वको अगाडी “वि वान्ट इलेक्सन”को नाराबाजी गर्दा समेत अध्यक्ष मण्डल सहित उपस्थित नेताहरुले प्रतिनिधिको भावनाको सम्मान नगरि कमिटि घोषणा गरेर हिडने काम हुनु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन् ।
शुक्रबार अनेरास्ववियुको बन्दसत्रको अवस्था हेर्दा पार्टीले लोकतान्त्रिक अवधारणालाई कुल्चेर टिके प्रथालाई प्रोत्साहन दिएको स्पष्ट रुपमा देखिएको छ । अध्यक्षका एकजना आकंक्षी विरामी भएर अस्पतालमा भर्ना हुँदा अर्को पक्षले एकलौटी ढंगले कमिटि गठन गरेर हिँडेपछि अखिल मकवानपुरमा भाँडभैलो भएको हो । शुक्रबार अधिवेशन स्थलमा अध्यक्षका आकांक्षी समेत रहेका पुष्कर तिमिल्सिना चर्को विवाद भएपछि उनि ढलेका थिए । उनि अस्वस्थ भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको समयमा एकपक्षीय रुपमा कमिटि गठन अध्यक्ष मण्डलले अधिवेशनबाट अमृत बर्तौलाको अध्यक्षतामा १० पदाधिकारीसहित ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको घोषणा गर्दा उपस्थित अधिकांश प्रतिनिधिले “वि वान इलेक्सन”को नाराबाजी गरेका थिए । तर अध्यक्षमण्डलले प्रतिनिधिहरुको भावनाको कदर नगरी अध्यक्षका आकंक्षी समेत रहेका तिमल्सीनालाई उपाध्यक्षमा राख्दै कमिटि घोषणा गरेपछि विवाद बढेको हो । ।
एक पक्षिय ढंगबाट कमिटि चयन भएपछि अनेरास्ववियुका केन्द्रीय सदस्य विशाल पौडेल लेख्छन् “मानवीयता,आत्मियता , कमरेडेलि भावना मारेर, जिउँदो लास माथिको सिन्दुर जात्राले बाम प्रगतिशील आन्दोलनलिाई कहाँ पुर्याउछ र अनेरास्ववियुको आन्दोलनलाई कहाँ पुर्याउछ, अनेरास्ववियु सत्य न्याय निस्पक्ष र कम्तिमा आन्तरिक लोकतान्त्रिक जिवनमा मानवियतालाई प्रधानता प्रदान गर्दछ । आज अनेरास्ववियुको योद्धा पुष्कर तिमल्सिना अस्पतालको आईसियुमा ढल्दै गर्दा तथाकथित बिद्यार्थी नेतृत्व भन्नेहरुले अनेरास्ववियु मकवानपुरमा जुन किसिमको हस्तक्षेप र रात्रिकालिन निर्णय गरेर स्ववियुमा निर्वाचित अध्यक्ष लगायत क्रियाशिल कार्यकर्तालाई छेउकिनारा लगाएर नेतृत्व हत्थ्याउने प्रयोजनले,कमरेड किशोर बिक्रम मल्लले नेकपा एमाले अनेरास्ववियु ईन्चार्जले पदिय जिम्मेवारी, मर्यादा बिपरित खेलेको भुमिकाको हामी घोर भर्सना गर्दछौं। बिगत डेढ दशकदेखि अनेरास्ववियु र एमाले मकवानपुर बनाउनलाई आफ्नो जवानी पुजी सबै खर्च गरेको पार्टी संगठनको ईमान्दार कार्यकर्ता अस्पतालको आईसियुमा हुदा तथाकथित एमाले समर्थित गुण्डाहरुको पक्षधरता लिगेर जुन किसिमको निर्णय भयो मान्य छैन।अनेस्ववियु मकवानपुरमा लास माथीको राजनिती मान्य छैन।”
एक पक्षिय ढंगबाट कमिटि घोषणा गरिएपछि निर्मल बहुमुखी क्याम्पसका स्ववियु सभापति सरोज अर्याल लेख्छन् “मानवीयता,आत्मियता कमरेडेलि भावना मरेर
जिउदो लास माथिको सिन्दुर जात्राले बाम प्रगतिशील आन्दोलन र यसको वकालत गर्ने अनेरास्ववियुको आन्दोलनलाई कहाँ पुर्याउला ?”
प्रतिनिधिहरुको भावना विपरित अध्यक्ष मण्डलका अध्यक्ष एवम् अनेरास्ववियु बागमती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकीले बर्तौलाको अध्यक्षतामा पदाधिकारी समित ५१ सदस्यीय कमिटि घोषणा गरेपछि हलमा केहिबेर तनाबको अवस्था सृजना भएको थियो ।
कमिटी घोषणा गरेको विरोधमा केही प्रतिनिधिहरुले अधिवेशनस्थलमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, स्थायी कमिटी सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज देवी ज्ञवाली, विद्यार्थी इञ्चार्ज किशोरबिक्रम मल्ल लगाएतको नेताहरु समेत उपस्थित थिए । आफ्ना अग्रज नेताहरुकै अगाडी बहुमत प्रतिनिधिहरुले निर्वाचनको माग गरिरहँदा नेतागण भने चुपचाप बसेका देखिन्थे ।
अध्यक्ष मण्डलले एकपक्षिय रुपमा कमिटि गठन गरेको र बहुमत प्रतिनिधिहरुको भावना विपरित काम गरेको भन्दै अनेरास्ववियुका स्थायी कमिटि सदस्य एवम् बागमती प्रदेश सह–इन्चार्ज किसन घिसिङले बहुमत प्रतिनिधिको हस्ताक्षर सहित केन्द्रीय कमिटिमा जानकारी गराउने बताए ।
प्रतिक्रिया दिनुहोस्