काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बोलाइएको छ ।

महासमिति बैठकको विषयकेन्द्रित छलफलका लागि बिहीबार नै बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो ।

ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ । बिहीबार महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।