काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा ८ गतेदेखि जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आआफ्नो राय दिएपछि आज समापन हुने भएको छ । जारी बैठकमा प्रस्तुत अवधारणा माथी छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामुहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समुहमा विभाजन गरी छलफल गरिएको हो ।

सोहि समुहले आज प्रतिवेदनको निचोड सुनाउने भएको हो ।