हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान मकवानपुरगढी गाउँपालिका-४ ज्वालादेवीस्थित भित्री सडकखण्डमा धादिङबजारबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक अन्दाजी ३६ वर्षीय सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।