हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बसपार्क क्षेत्रमा ठेलामा ब्यवसाय गर्दै आएका ब्यवसायीले ठेला लिएर वडा कार्यलयमा प्रर्दशन गरेका छन् । उपमहागरपालिकाले बसपार्कको प्रस्तावित घण्टाघर क्षेत्रमा ठेलामा ब्यवसाय गर्ने ३५ जना ब्यवसायीलाई अन्यत्र सारेपछि ब्यवसायीहरु आन्दोलित भएका हुन् । आन्दोलनकारीहरुले वडा कार्यलय क्षेत्रमा रित्तो ठेला लिएर धर्ना समेत दिएका थिए ।

वडा कार्यालयले ठेला व्यवसायीलाई काम गरी खाने वातावरण नबनाएको ठेला व्यवसायीको आरोप छ । उनिहरुले फुटपाथ क्षेत्रमा व्यापार गर्न पाउनुपर्ने वा वडा कार्यालयले रोजगारी दिनुपर्ने उनीहरुको माग गरेका छन् ।
वडा कार्यलयले दिएको स्थल ब्यवसायको लागि उपयुक्त नभएको भन्दै ब्यवसायीहरुले वडा कार्यलयले काम गरेर खान दिने वातावरण बन्द गरेको आरोप लगाए । आन्दोलनको विषयमा कुरा गर्दै वडा ध्यक्ष फुर्वादोर्जे लामाले ब्यवाियीहरुको माग उचित नभएको दाबी गरे । उपमहानगरले सार्वजनिक सम्पतीलाई उपयोग गर्ने नीति लिएको र बसपार्क क्षेत्रलाई ब्यवस्थित गर्नको लागि ठेलामा ब्यावसाय गर्ने ब्यवसायीलाई अन्यन्त्र सारेको बताए ।