हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले आगमती फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन गर्ने निर्णय गरेको छ ।
सरकारले यसबाहेक समस्याग्रस्त सहकारी समस्या समधान आयोगमा १६ जना अस्थाई कर्मचारी भर्ना गर्ने समेत निर्णय गरेको आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले बताए । मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालयको रुपमा स्थापनाको काम अघि बढाउने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप बजेट प्रदान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको मन्त्री लामाले बताए ।
भौतिक मन्त्रालयमा खाली रहेको एघारौँ तहको पुर्ति गर्ने, प्रदेश स्वयम्सेवक ब्युरो गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । नमोबुद्ध गाउँपालिकालाई झोलुङ्गे पुल निर्माण गर्ने, विपन्न दलित कार्यविधि निर्माण गर्ने,शिक्षा नीति २०८० को कार्यविधि बनाउने निर्णय सरकारले गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्