काठमाडौं । नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको १२४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २७.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुँदै १२३ रन मात्र बनाएको थियो ।