काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले पहिलो जित निकालेको छ ।
नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको हो ।
नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्