काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन् ।

यस खेलको विजेताले फाइनलमा युएईसँग खेल्ने छ । युएईले आजै सम्पन्न पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।