

काठमाडौं । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३।१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि सोमपाल कामीले ३, ललित राजवंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्