काठमाडौं । नेपाली बजारमा आज बुधबार एकैदिन सुनको भाउ प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँ घटेर एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्