काठमाडौं । नेपालले एक खेलअगावै क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

शनिबार टियु मैदानमा भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले पराजित गर्दै नेपालले सिरिजको उपाधि जितेको हो ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।

अब नेपाल र क्यानडाबीचको अन्तिम खेल सोमबार हुनेछ ।