हेटौंडा । मकवानपुरको हेटौंडामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक वेवारिसे अवस्थामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार शव पोष्टमाटका लागि हेटौंडा अस्पताल ल्याइएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।