हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ भैरवडाँडामा घाइते अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान भैरवडाँडास्थित माथिभरा मन्दिर जाने बाटोमा पुरुष लडेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

उनको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा मंगलबार डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।