काठमाडौं। व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् ।
गत १८ माघमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ गरेको थियो । अदालतको आदेशअनुसार उनीहरूलाई हाजिरी जमानीमा सीआईबीले छाडेको हो ।
प्रतिक्रिया दिनुहोस्