काठमाडौं । दक्षिण अफ्रिकामा भएको आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्केको छ ।

नेपाली खेलाडीलाई सोमबार स्वदेश फर्किएको खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएपनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा भने भारत र बंगलादेशसँग नेपाल पराजित भएको थियो ।