काठमाडौ । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ रहेको छ ।
यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्