काठमाडौं । नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखको रूपमा कार्यरत चन्दले व्यक्तिगत कारण देखाउँदै शुक्रबार राजीनामा दिएका हुन् ।

यद्यपी प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगको विवादपछि उनले राजीनामा दिएको बताइएको छ ।

धेरै बिदामा बसेको र काममा ध्यान नदिएको भन्दै आइजिपी कुँवरले उनलाई चेतावनी दिँदै आएका थिए । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।