हेटौंडा । मकवानपुरको हेटौंडा-१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सोमबार साँझ कान्तिलोकपथ सडक अन्तर्गत चौघडाबाट गढीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ख ७९०३ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना.२६प ४४२५ नम्बरको मोसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी २ खोलाखेत बस्ने २५ वर्षीय हरि पनेरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा उनकी श्रीमती २२ वर्षीया अर्चना पनेरू घाइते भएकी छिन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।