काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

भोजपुर, आमचोक गाउँपालिका-३ खाईताङस्थित खोल्सामा सोही नगरपालिका-३ चण्डीडाँडा बस्ने तारा बहादुर खत्रीको छोरी १३ वर्षीया कृष्णा खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

पर्सा, बहुदरमाई नगरपालिका-७ फुलकौलस्थित फलिया पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, पनौती नगरपालिका-५ सुन्दरबस्ती बस्ने ३४ वर्षीय दिपक खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, बेलका नगरपालिका-८ बकुन्द्रे खोलास्थित सोही ठाउँ बस्ने ६९ वर्षीय नर बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, तानसेन नगरपालिका-१ भुसालडाँडा बस्ने ३५ वर्षीया रीता सोमई आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

बर्दिया, राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झुलुङगे पुलको तल मधुवन नगरपालिका-२ ओराली बजार बस्ने ३५ वर्षीय सरोज सुनार शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाको आवश्यक अनुसन्धानको लागि ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।